घोराही, २८, मंसिर । जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले सामुदायिक विद्यालयहरुले विद्यार्थी वाट शुल्क उठाएर ब्यापार गर्न नपाउने वताएका छन् । जनाताको नेतृत्व गर्ने ब्यक्तिले पहल नगर्दा र राज्य निरीह हँुदा शिक्षा क्षेत्रमा यो अवस्था देखिएको भएपनि अब त्यसको अन्त्य गरिनु आवश्यक रहेको उनले बताएका थिए ।
तेघरा, रझेना, रामपुर र श्रीवारी स्रोत केन्द्र अन्र्तगत सञ्चालित संस्थागत विद्यालयहरुको मंगलवार घोराहीमा भएको अन्तरक्रियमा उनले त्यस्तो वताएका हुन । प्रसस्त आम्दानी हुने संस्थागत विद्यालयहरुले शिक्षकहरुलाई कम तलवमा काम गराउन नहुने भन्दै उनले प्रधानाध्यापक मोटाउदै जाने र शिक्षक दुब्लाउदै जाने कार्य अन्त्य हुनुपर्ने वताए ।
कक्षा ९ देखि १२ सम्म माध्यामिक तह वनाइएको भएपनि अहिले कक्षा १० सम्म रहेका विद्यालयहरुले तत्काल १२ सम्म कक्षा वढाउन नसके १० सम्म चलाउन पाउने उनले बताए । जिल्ला शिक्षा अधिकारी मैनालीले विद्यालयहरुलाई भौतिक पुर्वाधार र पढाईको गुणस्तर राम्रो वनाउन सुझाव पनि दिएका थिए । कार्यक्रममा जनज्वति वोर्डिङका पिताम्वर शाह, हिन्दु विद्यापीठका खड्ग शर्मा, शान्ति सुधाका विनय कुमार मिश्र, गोदावरीका श्रीधर भण्डारी, पे्रम वली लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।
जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीको सभापतित्वमा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी , रविन्द्र क्षेत्री, विद्यालय निरीक्षक नारायण प्रसाद पौडेल, विष्णु पन्थी, स्रोत व्यक्ति राम प्रसाद जैसी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण विद्यालय निरीक्षक बेगम केसी गरेका थिए ।
