बिराटनगर, २८ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत आयोजनाहरुमा जनतालाई सेयर दिने नमुना केही दिनमा सार्वजनिक गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।

be6a71516b097a8e5c42c3f6fc4038d8‘जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले नमुना तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ’ मन्त्री शर्माले भने ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत सेयर दिने नीति रहेको छ । मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।