दीपबहादुर घर्ती
जाजरकोट, । कृषि अनुसन्धान केन्द्रको भन्दा वढी नयाँ कृषि अभ्यासको खोजी गर्ने तर, कसैले पनि हाल सम्म नचिनेका किसान डाडाँगाउँ–२ कल्पतका किसान लालबहादुर बुढा हुन् । फलफुलमा कलमी जोड्दा प्लाष्टिक प्रयोग नगरि केतुकेको बोक्रा प्रयोग गरेर नयाँ कृषि अभ्यासमा सफल भएका कृषक हुन् डाडाँगाउँ–२ कल्पतका लालबहादुर बुढा ।

15435694_1205532949540895_455630015_nउन्नत जातको कलमी जोड्नका लागि प्लाष्टिकको प्रयोग गरिन्छ तर, डाडाँगाउँ–२ कल्पतका लालबहादुर बुढाले २०४८ सालमै प्लाष्टिकको प्रयोग बिनानै कलमी गर्ने तरिका पत्ता लगाई सकेका छन् । केतुकेको बोक्रालाई बिस्तारै निकालेर प्लाष्टिकको सट्टा बडिङ तथा टप ग्राफ्टिङ बाध्न प्रयोग गर्न सकिने तरिका पहिलो पटक यिनै लालबहादुर बुढाले पत्ता लगाएका हुन् ।

ग्राफ्टिङमा प्लाष्टिकको प्रयोगले तीन–चार महिना पछि होसियार पुर्वक प्लाष्टिक काटेर निकाल्नु पर्छ भने, केतुकेको बोक्रा प्रयोग गर्नाले निकाल्नु पर्दैन् । केतुकेको बोक्रा जैविक बस्तु भएको हुनाले पनि आफै कुहिएर जाने गर्दछ ।

ओखर ग्राफ्टिङमा बागबानी बिष्शेषज्ञहरुले पनि ६० प्रतिशत मात्र सफलता हासिल गरेको वताई रहेका वेला लालबहादुर बुढाले ओखरको ग्राफ्टिङमा ८० प्रतिशत सफलता हासिल गरिसकेका छन्् । मिश्रित कृषि पेशामा रहेका लालबहादुर बुढा फलफुल नसरी गर्ने र फलफुलकै फाराम सञ्चालन गर्नेमा आफ्नो रुची रहेको बताउछन् ।

हाल घरमा बुढाले १५ वटा मौरीका घार पालि रहेका छन् भने, ६ रोपनी जग्गामा एक सय १५ वटा सुन्तलाका बिरुवा लगाएका छन् । त्यसैगरि १५ रोपनी जग्गामा एक सय २० वटा दाते ओखरका बिरुवा लगाएर फलाई सकेका छन् तर, जिल्ला सदरमुकाम खलंगामा ५ रुपैया दाना पर्ने ओखरलाई गाउँमै एक रुपैयाको दुई दाना दिएर बिक्री गर्न खोज्दा पनि ओखर बिक्री नभएर लालबहादुर हैरान भएका छन् । त्यसैगरि सदरमुकाम खलंगामा प्रति केजी ७० रुपैया पर्ने सुन्तलालाई गाउँमै १५ रुपैयामा बिक्री गर्न खोज्दा पनि सुन्तला बिक्री नभएको भन्दै लालबहादुरले दुखेसो पोखि रहेका छन् ।

किसानहरुले गाउँमा उत्पादन गरेका कृषि उपज बस्तुहरुको बजार सम्मको पहुच पुर्याउनलाई ग्रामिण कृषि सडक हुनु पर्ने लालबहादुर बुढाको धारणा रहेको छ । जिल्ला सदरमुकाम खलंगा देखि ११ कोष टाडाको दुरीका रहेको डाडाँगाउको पाली र कल्पतमा छिट्टै ग्रामिण कृषि सडको ब्यबस्था राज्यले गर्नु पर्ने बुढाले माग राखेका छन् ।

बिगत केहि बर्ष पहिला लालबहादुरले घरमै बिभिन्न उन्नत जातका फलफुलहरुको नसरी राखेको तर, विरुवा बिक्री नभएपछि नसरी खाली गर्नलाई बिरुवा उखुलेर फाल्न आफुलाई निकै हैरानी भएको वताउने गरेका छन् ।