इन्द्रेणी संवाददाता
दाङ, ९ जेठ
नयाँ शक्ति नेपाल तुलसीपुर नगरपालिका वडा नं. ९ को प्रथम भेला तुलसीपुरमा भएको छ ।
पार्वती विश्वकर्माको अध्यक्षता तथा नयाँ शक्ति नेपाल दाङ जिल्ला संयोजक धिरज शेर्पालीको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि शेर्पालीले नयाँ शक्ति नेपालले मजदुरलाई मालिक बनाएर लैजाने बताएका थिए ।
कार्यक्रममा प्रदेश नं. ५ का सदस्य चुर्ण सुनार, दाङ क्षेत्र नं. ५ का संयोजक बामदेव भुसाल शर्मा, तुलसीपुर नगर संयोजक नारायण भट्टराई लगाएतले बोल्नुभएको थियो ।
त्यस्तै भेलाले रकमराज विकको संयोजक तथा हरीकला बोहराको सहसंयोजकमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सदस्यहरुमा अनुप अधिकारी, कल्पना भुसाल, थमनारायण भण्डारी, यम प्रसाद पाण्डे, कल्लु चौधरी, डिला पाण्डे, ढिक प्रसाद सुवेदी, देवराज खनाल, मेकलाल सार्की, भगवति सुनार रहनुभएको छ ।
यसैगरी, सुकमति विक, नत्रा कुमारी चौधरी, पार्वति नेपाली, शेर बहादुर दमाई ललित पाण्डे, माधव खरेल, केसव भुसाल, पवित्रा नेपाली, अमृता नेपाली, सिर्जना सार्की, पार्वति विक, गम्वर चन्द पुन, इन्द्र वहादुर सिरीस, टोपबहादुर विक, सरोज कडेल, हरीलाल चौधरी, निमकान्त खरेल लगाएत रहेनुभएको छ ।।
