इन्द्रेणी संवाददाता
दाङ, ९ जेठ
झण्डै दुइ बर्षदेखि दाङको रामपुर गाविसमा सञ्चालित प्राकृतिक पोखरीहरुको दिगो ब्यवस्थापनद्धारा जलवायु संकटासन्न समुदायहरुको जलवायु परिवर्तन समानुकुलन क्षमता अभिबृद्धि कार्यक्रम समापन भएको छ ।
परियोजनाले आइतवार रामपुरमा सरोकारवाला निकायहरुकाबिच सार्वजनिक सुनुवाई कार्यक्रम गरी परियोजनाको निर्धारित कार्यक्रम सकिएको जानकारी दिएको हो ।
परियोजना अन्र्तगत रामपुरमा गाविसको वडा नं ७ मा रहेको भोटे र वडा नं ९ मा रहेको मालझाक्री सामुदायिक वन समूहमा ४१ लाख रुपैया भन्दा बढी खर्च गरी बिभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी सार्वजनिक सुनुवाई कार्यक्रममा गराइएको थियो ।
रुपान्तरणले सम्युक्त राष्ट्र संघीय बिकास कार्यक्रमको बिश्व वातावरण कोष अन्र्तगत साना अनुदान कार्यक्रमको सहयोगमा सञ्चालित कार्यक्रमबाट मालझाक्री र भोटे वन समूहहरुमा पर्यटकीय बिकासमा सहयोग पू¥यायनकालागि भोटे र किचेनी दह बिस्तार तथा ती स्थानमा पिकनिक घर निर्माण निर्माण गरिएको छ ।
कार्यक्रम अन्र्तगत पाँच वटा सिंचाइ पोखरीहरुको निर्माण तथा मर्मत, रामपुर गाविस वडा नं ९ का सवै घरधुरीमा सुधारिएको चुलो निर्माण, १३ बिपन्न घरधुरीमा सोलार बितरण, सिरुखर्क र मालेमा खानेपानी टैकी निर्माण तथा धारा बिस्तार, सिमलतारमा बहुउद्देश्यीय पानी प्रणाली मार्फत ५५ घरधुरीमा खानेपानी तथा सिंचाइको सुविधान, अठ्ठाइसेमा सिंचाइ कुलो मर्मत, घिमुरखुट्टीमा सिंचाइ पाइप सहयोग, तल्लो सिमलतारमा खानेपानी पाइप सहयोग, सुकाखोलामा सिंचाइ पाइप सहयोग, सिमलतारमा ३ हजार अमृसोको बिरुवा लगाउने काम गरिएको छ ।
यसैगरी रामपुर ७ को भोटेदह संरक्षणसगै सो वडाका तीन स्थानमा सिंचाइ कुलो मर्मत,राइटारीमा खानेपानीको ब्यवस्था, दहमा आउने पहिरो रोक्नकालागि पर्खाल निर्माण, कृषक समूह गठन गरी क्षमता बृद्धि सगै तरकारीको बिउ सहयोग, तरकारीको बजारीकरणकालागि रामपुरमा हाट बजार ब्यवस्थापनमा सहयोग लगायतका काम गरिएको रुपान्तरणका फिल्ड सहजकर्ता भीमकुमार सुवेदीले सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिनुभयो ।
जलवायु परिवर्तको असर न्यूनिकरण तथा अनुकुलनकालागि सचेतनामूलक पाँच स्थानमा अनौपचारिक कक्षा सञ्चालन, वन समूहको अनुकुलन योजना तथा पोखरी ब्यवस्थान योजनामा सहजीकरण लगायतका क्रियाकलाप गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।
परियोजना अन्र्तगत जलवायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणमा ९ लाख ५३ हजार ९ सय २२ रुपैया, प्राकृतिक पोखरीको पुर्नस्थान, ब्यवस्थापन र संरक्षणमा १२ लाख ५८ हजार १ सय २२ रुपैया, आयआर्जनकालागि सुधारिएका अभ्यास तथा प्रबिधिका बिकासमा ८ लाख १० हजार २ सय ४ रुपैया, जैविक बिबिधता संरक्षणमा ९ लाख ९ हजार १ सय ३० रुपैया र अनुगमन, प्रगति आदान प्रदान र रिपोटिङमा १ लाख ८८ हजार १ सय ८८ रुपैया गरी कुल ४१ लाख १८ हजार ८ सय ६८ रुपैया खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो ।।