दाङ, ९ जेठ ।
दाङ जिल्लामा बस्दै आएका थारु समुदायका दहित थरहरुको भेला दाङको बाहुनडाँडा गाँउमा सम्पन्न भएको छ ।tharu

थारु समुदायका दहित थरहरुको परम्परागत कला, सस्कृति, रितिरिवाजको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले भएको भेलाले ढुन्डीराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय दहित समाज गठन गरिएको छ ।

समाजको उपाध्यक्षमा छेदु चौधरी, सचिवमा वुद्धिराम चौधरी, कोषाध्यक्षमा जिवन चौधरी, सहसचिवमा धनिराम चौधरी, सदस्यमा माधव चौधरी, बलबहादुर चौधरी, लक्ष्मण चौधरी, मानसिंङ चौधरी, हरिप्रसाद चौधरी, फुलपाति चौधरी र जुद्धबहादुर चौधरी रहनुभएको छ ।

स्थानिय ढुण्डीराज चौधरीको अध्यक्षतामा तथा बुद्धिजीवि एवम पुर्व सभासद महेश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोथियो । सोहि कार्यक्रममा बुद्धिजीवि महेश चौधरीले दहितहरुले परम्परागत देखि मान्दै आएको चाडपर्व, पूजापाठ, तथा दहितरुको कला सस्कृति लोप हुन गइरहेकोले त्यसको संरक्षणको लागि दहितहरु एक भएर अगाडी बढ्नुपर्ने बताउनु भएको थियो ।

त्यसैगरि जिल्लामा कति दहितहरु बस्दै आएकाछन् त्यसको तथ्यांक संकलन गरेर दहितहरुलाई अप्ठेयारो परेको बेला दहित समाजबाट सहयोग गर्न सकिने चौधरीले बताउनुभयो । कार्यक्रममा छल्लु चौधरी, तिलु चौधरी लगायतले बोल्नुभएकोथियो भने कार्यक्रमको सञ्चालन बुद्धिराम चौधरी गर्नुभएको थियो ।

भेलामा विभिन्न गाउँबाट करिब ८०÷९० जना दहितहरुको उपस्थिति रहेको थियो । यसैगरि भेलाले ३ महिना भित्र जिल्ला स्तरिय दहित सम्मेलन गर्ने निर्णय भएको दहित समाजका सचिव बुद्धिराम चौधरीले जानकारी दिनुभयो ।।