एजेन्सी, २६ मंसिर । टर्कीको इस्तानबुलमा फुटबल रंगाशाला बाहिर भएका दुई बम विस्फोटमा परि कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा परि कंयौं घाईते भएका अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।बेसिक्टासको रंगशाला नजिक विस्फोट भएको हो ।
प्रहरी अधिकारीलाई लक्षित गरी एउटा कार बम र एउटा आत्मघाती बम विस्फोट गराइएको टर्कीका अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
खेल हेरेर दर्शक रंगशालाबाट बाहिरिएको दुई घण्टापछि विस्फोट भएको हो । बम विस्फोटपछि गोली हानाहान भएको प्रत्येक्षदर्शीले बताएका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर टर्कीमा पछिल्लो समय कुर्दिस बिद्रोही र इस्लामिक स्टेट आइएसले आक्रमण गर्ने गरेका छन् ।
