काठमाडौं, २६ मंसिर । नेपाल विभिन्न क्षेत्रमा एपी ग्याँसको खानी रहेको पुुष्टि भएको छ । दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम ग्याँस उत्खननको संभावना रहेको बताइएको छ ।
सरकारले चीनबाट ल्याएको प्रविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका जिल्लामा गरिएको अध्ययनले नेपालको दैलेखमा एपी ग्याँसको खानी रहेको पत्ता लगाएको हो ।
चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरुले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट अहिले उद्योग मन्त्रालयमा आइपुगेको छ ।
उत्त रिर्पोट मन्त्रालयमा आएपछाडी सरकार अहिले विस्तृत रिर्पोटको पर्खाइमा रहेको छ । चीनले केही साताभित्रै प्रविधिक टोलीले तयार पारेको विस्तृत रिर्पोट अध्ययनन गरेपछि उत्खननका लागि थप योजना बनाउने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
अध्ययनका क्रममा यस अघिनै दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिएको थियो ।