दाङ, २५ मंसिर । राष्ट्रिय कविता महोत्सबमा रोल्पाका कवि विष्णु सन्यास प्रथम भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना भएको २६ औँ कविता महोत्सव तथा प्रतियोगितामा कवि सन्यास प्रथम भएका हुन् ।

15355791_1303511219687272_625000116965586947_nदेशभरीबाट प्राप्त दुई सय कविता मध्ये उत्कृष्ट २० मा छनौट उनको कविता उत्कृष्ट भएको थियो । सन्यासको आन्दोलनमा ईश्वरहरु शिर्षकको कविताले प्रथम पुरस्कार हात पारेको हो ।