सन्तोष दहित
दाङ, २५ मंसिर । मोहीहरुलाई हकदाबी गर्नका लागि निवेदन दिन भूमिसुधार कार्यालय दाङले सवै मोहिरुलाई अनुरोध गरेको छ ।  घोराहीमा जिल्ला भूमिसुधार कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तमा पत्रकार सम्मेलन गरि यस्तो आग्रह गरेको हो ।

b-2सरकारले २०७३ भदौ ६ गते राजपत्रमा सूचना प्रकाशित गरि निवेदन आहवान गरेपनि चार महिना वितिसक्दा १४ वटा मात्र मोहि बाँडफाडको लागि निवेदन परेको छ । यदपी दाङमा ६ हजार ८ सय मोहीहरुछन ।

जिल्लामायति धेरै मोहिहरु हुदापनि ४ महिना वितिसक्दा १४ जनाको मात्र निवेदन पर्नु कतै सूचनाको अभावले त भएन भनेर मोहिरुसम्म यो सूचना पुगोस भन्नको लागि यो पत्रकार सम्मेलन गर्नुपरेको जिल्ला भूमि सुधार कार्यालय दाङका प्रमुख टीकाराम खनाल बताए । उनलेभने–‘अब ८ महिना माात्र समय छ, यो समयमा मोहीहरु हक दाबी गर्न आएनन् भने मोहिरु आधा जमिनपाउनबाट बञ्चित हुनेछन् ।’

‘यो हुन नदिनको लागि आफुहरुले सवै क्षेत्रबाट पहल गरिरहेका छौं, कार्यलय प्रमुख खनालले भने–‘ जिल्ला विकास समिति माफर्त, गाविस, मार्फत, अन्य निकाय मार्फत प्रचारप्रासर गरिरहेको छौं ।’ ‘आज पत्रकार सम्मेलन मार्फत सवै मोहीहरुलाई जतिसक्दो छिटो निवेदन दिनको लागि आह्वान गर्दछौ, उनलेभने ।’

मोहीहरुले हक दाबी गर्नकालागि मोही हकको प्रमाणपत्र र नागरिक्ताको प्रमाणपत्रको फाटोकपी, मोही हकवालाको मृत्यु भइसकेको छ भने, नामसारीको प्रमाणपत्रको फोटोकीसहित जिल्ला भूमिसुधार कार्यालयमा निवेदन दिन सकिने कार्यालय प्रमुख खनालले जानकारी दिए ।