काठमाडौ २५ मंसिर । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आज आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समिक्षा गर्ने भएको छ । संसदमा दर्ता भएको संविधान संशोधन विधयक प्रति असन्तुष्टि जनाएको मोर्चाले त्यसबारेमा आधिकारीक धारणा तय गर्ने छ ।
राजधानीको विजुलीबजारमा रहेको तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालयमा २ बजेपछि वस्ने वैठकमा संविधान संशोधनको विषयमा आधिकारीक धारणा तय हुने एक नेताले बताएका छन् ।
‘सरकार गठनका बेला भएको तीन बुँदे सहमति र सोही अनुसार ल्याइएको संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढी रहेको छ भन्ने विषयमा बैठकमा छलफल हुन्छ’ ती नेताले भने ।
सरकारले संसद सचिवालयमा दर्ता गराएको चार बुँदे संविधान संशोधन प्रस्तावमा चित्त नबुझाएको मधेसी मोर्चाले परिमार्जन गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
