तुलसीपुर, २४ मंसिर । दाङको तुलसीपुरमा माघ १३ गते देखि २३ गतेसम्म सञ्चालन हुने लागेको मध्यपश्चिम क्षेत्रीय व्यापारी तथा पर्यटन महोत्सवका लागि स्टल वुकिङ्ग शुरु भएको छ ।
आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायी तथा प्रतिष्ठानहरुलाई सहज रुपमा व्यापारिक केन्द्रमा सहभागी गराउन एक महिना अगाडी नै स्टल बुकिङ्गको काम शुरु गरिएको महोत्सवका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले बताए ।
करीव ३ सय वढी व्यापारिक स्टलहरु राखिने तयारी गरिरहेको समेत अध्यक्ष रिजालको जानकारी दिए ।