दाङ, २४ मंसिर । नेपाल विद्यार्थी संघ दाङले प्रशिक्षणको मिति परिवर्तन गरेको छ । संघको आज वसेको बैठकले पुस २ गते प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राजकुमार डांँगीको अध्यक्षतामा वसेको बैठकले प्रशिक्षण कार्यक्रमलाई सफल वनाउन जिल्ला कार्यसमिति लगायत क्षेत्रीय तथा क्याम्पसका ईकाइ कार्यसमितिहरुलाई आग्रह गरेको छ ।
झण्डै ५० जना प्रशिक्षार्थीहरुको सहभागितामा घोराहीस्थित सेन्टर प्वईन्ट होटलमा हुने नेविसंघले जनाएको छ ।
