विजौरी, ८ जेठ
भिष्म स्मृति प्रतिष्ठान विजौरी ५ विजौरीले शनिवार एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ ।feature

ग्रामिण क्षेत्रका विपन्न, महिला, जेष्ठ नागरिक एव अन्य सवै नागरिकहरुको स्वास्थ्य चेकजाँच गरी स्वस्थ्य जीवन प्रदानका लागि प्रतिष्ठानले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमको अध्यक्षता एव स्थानिय समाज सेवी खगेश्वर उपाध्यायको प्रमुख आतिथ्यतामा शिविर उद्घाटन गरिएको थियो ।

४० वर्षिय भिष्मराज गौतमको क्यान्सरका कारण मृत्यु भएपछि उनका वावु मोतीराज गौतमले २०७१ सालमा भिष्म स्मृति प्रतिष्ठान  स्थापना गरी  उनलको सम्झनामा विभिन्न समाजिक कार्य गर्दै आएकाले भिष्मको सम्झनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा विजौरी क्षेत्रका करिव ३ सय जनाको स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ ।।