निशान्त डिसी
तुलसीपुर, ८ जेष्ठ । पतन्जली योग समिति राप्तीले सातदिन देखि सञ्चालमा ल्याएको योग प्रशिक्षक प्रशिक्षण तालिमको समापन गरेको छ । तुलसीपुरमा सञ्चालन भएको योग शिविर आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
राप्ती प्रभाति देवराज आचार्यको अध्यक्षतामा तथा नेपाल संस्कृत विशव विद्यालय का उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा डा हेमन्त रमैनियार, शारदा पोख्रेल, उदय डागी, विनोद चौधरी, शीवकुमरा आचार्य दिपक बस्याल लगायतकाले वोल्नु भएको थियो । योग समापन पछि प्रशक्षिकहरुले संयुक्त रुपमा होम सोत हालेका थिए ।