दिपक बोहरा
जेठ, ८  तुलसीपुर । नेपाल राष्ट्रिय दलित समाज कल्यान संघले प्रदान गरेको छात्रबृतिले धेरै दलित बिद्यार्थीहरुलाई  टेवा पुगेको संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र बिश्वकर्माले बताउनुभयो । संघले छात्राबृति प्रदान गरेर पढेका बिद्यार्थीहरु अहिले बिभिन्न निकायमा जागिर पाउन सफल भएको बताए । नेपाल राष्ट्रिय दलित समाज कल्यान दाङ शाखाको पाँचौ जिल्ला अधिबेशन उदघाटन शत्रमा बोल्दै उनले अहिले पनि संस्थाले छात्रबृति प्रदान गरेका दाङका बिद्यार्थीहरुले  राप्ती आँखा असपताल , तुलसीपुर नगरपालीका , बिजौरी हष्पिटल , पञ्चकुले हेल्थ पोष्ट र जाजरकोटमा रहेर पनि काम गरिरहेको बताए ।

13271454_553582774829654_524179796_oआर्थिक अबस्था कम्जोर भई पढ्नबाट बञ्चित भएका बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरी पढने बाताबरण मिलाएकाले अहिले उनीहरु सरकारी तथा गैर सरकारी संस्थामा जागीर गर्न सफल भएको उनले बताए । उनले भने –“ आर्थिक समस्याकै कारण जो बिद्यालय जानबाट बञ्चित थिए अहिले उनीहरुलाई जागिर पाउन सक्ने बनाएका छौ यो नै संघको सफलता हो । ”दलितहरु पहिले देखि नै समाजबाट पिल्सिदै आएको र बिभिन्न अबशरबाट जुक्नु पर्ने बाध्यता भएकै कारण आर्थिक रुपमा पनि सवल हुन नसकेको भन्दै उनले बिपन्न दलित बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने अबधारणा ल्याएको बताए ।

दाङमा पनि अति गरिब दलित परिवारलाई शिक्षाको पहुँचमा पु¥याई शैक्षिक गुण्स्तर बृद्धि गर्न बिस २०४९ सालमा  शाखा स्थापन गरी गरिब दलित परिवारलाई कपी , कलम , झोला ,छात्रबृति प्रदान गर्दै आएको उनले बताए । दलितमा पनि प्राथामिकता क्रमश ः गन्धर्ब, वादी, सर्कि, परियार , चमार अनी बिश्वकर्मालाई दिईएको उनले बताए । अहिले सरकारी बिद्यालयमा पढेका दलितलाई उच्च शिक्षा सम्म निशुल्क पढन् पाउनु पर्ने ब्यबस्था गरेको छ । तर संस्थागत बिद्यालयमा अध्यायन गरेका दलित बिद्यार्थीलाई भने उच्च शिक्षा निशुल्न नगरेको भन्दै उनले यो ब्यबस्था सच्चाईनु पर्ने भनाई राख्नु भएको छ ।

एउटा दलित परिवारले आफ्नो सन्तानको उज्जवल भबिष्यका लागी गिट्टि कुटेर भएपनि संस्थागत बिद्यालयमा पढाएको भन्दै त्यस्ता बिद्यार्थीहरुका लागी पनि उच्च शिक्षा निशुल्क हुनु पर्ने ब्यबस्था गर्न माग गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथी दलित गैर सरकारी संस्था डिएनजिसिसीका अध्यक्ष खड्क बहादुर बिश्कर्मले अझै पनि दलितमा गरिने छुवाछुत अन्त्य नभएको उनले बताए । सरकाले छुवाछुत अन्त्य गर्नुपर्ने ब्यबस्था गरेपनि अझै त्यो कार्यान्वायनमा चुनौती देखिएको उनले बताए । उनले भने –“सरकारले दलितलाई गरिने छुवाछुत अन्त्य गर्ने ब्यबस्था त ग¥यो तर अझै अन्मुलन हुन सकेको छैन् , यस्का लागी बिशेष कार्यक्रम सरकारले ल्याउनु पर्छ ।”

बिगत भन्दा छुवाछुतमा केही कमि आएपनि जातिय बिभेदका घट्नामा अझै कमी आउन नसकेको उनको भनाई थियो । कार्यक्रममा अर्काबिशिष्ट अतिथी नेपाल नेत्र ज्योति संघ दाङका अध्यक्ष कृष्णा गिरीले दलितहरुमा हेर्ने दृष्टिकोणमा परिबर्तन भए मात्र छुवाछुत अन्त्य हुने बताए । मथिल्लो जातिले तल्लो जातिलाई गर्ने बिभेद अन्त्य गर्नु पर्ने चेतनाको बृद्धि हुनु पनी आबश्य रहेको बताउनुभयो । त्यस्का लागी दलित पनि जागरुक हुनु आबश्यक छ उनले भने । दलितहरुले पनि छुवाछुत अन्त्य गर्नका लागी शिक्षित हुन आबश्यक रहेको उनको भनाई थियो ।
संघको दाङ शाखाका निबर्तमान अध्यक्ष जसाज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष भिम नेपालीले गर्नुभएको थियो । साथै संघले दाङ नयाँ  कार्यसमिती चयन गर्नुका साथै निति तथा कार्यक्रम पनि प्रस्तुत गर्ने छ ।  अहिले  संघका ७२ वटा जिल्लामा शाखा स्थापन भएका छन् भने आउदो केन्द्रिय महाधिबेशनबाट ७५ वटै जिल्लामा शाखा स्थापन गर्ने तयारी रहेको छ ।