शान्त कुमार बुढा मगर

बैशाख ८ दाङ । २५६०औ बुद्ध जयन्ती आज घोराहीमा एक कार्यक्रमका विच सम्पन्न भएको छ । नम छु वौद्ध गुम्वा समिति ढोडेनी ६ घोराहीले आयोजनामा गरिएको उक्त कार्यक्रममा विहान -याली सहित घोराही वजार परिक्रमा गरि गुम्वामा पुगेर सभामा परिणत भएको थियो । सैनिक व्यारेक देखि शुरु भएको -याली नेपाल टेलिकम, बैंक रोड, दामोदर चोक हुदै गुम्वामा पुगेर सभा गरेको थियो ।

13275550_1360865213942267_1077379765_o(1)

नम छु वौद्ध गुम्वा समितिका अध्यक्ष सत वहादुर रोका मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमख अतिथी माननिय सांसद भागवत विश्वासी तथा विशिष्ठ अतिथीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, अतिथीहरु दाङ्ग जिल्ला प्रहरी प्रमुख कुवेर कडायत, शसस्त्र प्रहरीका डि.एस.पि जिवन भन्डारी, ने.क.पा.एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरी रहनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथीले शान्ती अहिंसाका प्रतिमुर्ति एवंम अग्रदुत भगवान वुद्धको २५६०औ बुद्ध जयन्तीको शुभकामना दिदै गुम्वाको विकास प्रचार प्रसारका लागि सरकारको तर्फ वाट गर्न सक्ने सहयोगमा पहल गर्ने वताउनु भयो उहाँले राप्तीमै पहिलो पटक गुम्वामा भिउ टावरको निमार्ण हुन लागेकोमा खुसि व्यक्त गर्दै यसले गुम्वाको मात्र नभई समग्र दाङ्ग जिल्लालाई चिनाउने र पर्यटकीय गन्तव्यको रुपमा विकास भई आर्थिक सम्रिद्ध समेत ल्याउने कुरामा आफु विश्वश्त रहेको वताउनु भयो ।

कार्यक्रममा गुम्वामा भिउ टावर निर्माण गर्न लाग्नु भएका श्री मन वहादुर पुन मगर वुद्धको १७ फिट अग्लो मुर्ति निर्माण गर्नु भएका मनिराज पुन मगर गुम्वाको विकासका लागि दुई लाख छयत्तर हजार एक सय एघार रुपैँया सहयोग गर्ने श्रीमती हिरासरी बुढा मगर र श्रीमती कमानसरी बुढा मगर, गुम्वाको विकासका लागि एक लाख दश हजार सहयोग गर्ने श्री सत वहादुर रोका मगर, एक लाख पाँच हजार सहयोग गर्ने श्रीमती मखमली गुरुङ्ग र पैसठ्ठी हजार रुपैँया सहयोग गर्ने आङदावा लामालाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको छ । गुम्वामा आज दिन भर पुजाआजा चल्ने समितिले वताएको छ ।