Hatya
फाइल तस्वीर

रुकुम, जेठ ८ – हत्या र अपराधको जालो देशभर फैलिरहेको बेला फेरी रुकुममा अर्को हत्या भएकोछ। रुकुम खारा-८ मा १५ महिनाको बालक र उनकी आमाको हत्या भएको प्रहरीले जनाएको छ । करिब एक हप्ता अगाडि हत्या गरी घरमै थुनेको अवस्थामा ३० बर्षिया गीता ओली र उहाँको १५ महिनाको छोराको शव फेला परेको हो ।

उनीहरुको हत्या कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । गीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । ढोकामा ताल्चा लगाएको घर भित्रबाट शवको गन्ध आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि घटना बारे थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले धारिलो हतियार प्रहार गरी हत्या भएको र घटना बारे अनुसन्धान भैरहेको बताउनुभयो ।

उहाँका अनुसार झण्डै एक हप्ता अघि हत्या भएको हुनसक्छ । दुवैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाको छानबिनका लागी प्रहरीले गीताका देवर, जेठाजु र जेठानीलाई पक्राउ गरेको छ ।