Biplob-dang-2-21-358x300

घोराही २४ मंसिर ।  विप्लव नेतृत्वको ने.क.पा. माओवादी दाङले नेपाल संस्कृत विश्वविद्यायल सम्झौता खारेज गर्न माग गरेको छ । माओवादीले बेलझुन्डीको दुई सय विगाह जग्गा भारतलाई खुसी पार्नको लागि सम्झौता भएको भन्दै सम्झौता खारेज गर्न माग गरेको हो ।

विश्वविद्यालयका कुल सचिव, पधाधिकारीहरु र वर्तमाण सरकारको मिलेमतोमा एकतर्फी रुपमा अधिकार पतंजली योगपीठलाई हुने गरी रामदेव मार्फत हस्तान्त्रण गर्ने सम्झौता प्रति ने.क.पा. माओवादी दाङको गम्भिर ध्यानाकर्षण एक बिज्ञप्ति जारी गरी जानकारी दिईएको छ ।

बिज्ञप्तिमा जिल्ला सक्रेटरी बल बहादुर वली सितलले हस्ताक्षर गरेका छन् ।