birodh-sava

घोराही २४ मंसिर ।  बर्तमान सरकारले सविधान सशोधन प्रस्ताब संसदमा दर्ता गरेको विषयलाई लिएर आज शुक्रबार घोराही बृहत अन्र्तक्रिया कार्यक्रम हुने भएको छ । संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरी आज २४ गते राष्ट्रघाति संशोधन प्रस्ताब र बर्तमान सविधान कार्यावयन विषयमा बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने जानकारी दिएको हो ।

सरकारले मंसिर १४ गते संसदमा दर्ता गरेको सविधान संशोधनको प्रस्ताब राष्ट्रघाति, जनघाती भए पनि फिर्ता गर्ने अबस्था नदेखाएको भन्दै त्यसको विरुद्ध संघर्ष समितिले आन्दोलन गर्दै आएको बताएको छ । राष्ट्रबादी शक्तिहरु अहिले एकजुट भएको बताउदै समितिले नेपाल पत्रकार महासंघ दाङ शाखाको सभा हलमा हुने कार्यक्रममा उपस्थितीका लागि सबैलाई अनुरोध पनि गरीएको छ ।

नेकपा एमालेका अध्यक्ष टिकाराम खड्का, नेकपा मसालका प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका रेशम विसी र नेकपा मालेका सचिब नेत्रप्रकाश पाण्डेले सयुक्त रुपमा विज्ञप्ती जारी गरेर प्रस्ताबलाई जनताको तहबाट ठाडै अस्वीकार गर्ने गरी आन्दोलनमा सहभागि हुन पनि अपिल गरेका छन् ।