saichhik-mahotsob

तुलसीपुर २३ मंसिर ।  दाङको घोराहीमा हुने सातौ राष्ट्रिय पुस्तकप्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा स्थानियदेखि राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेका कलाकारहरुको प्रस्तुती रहने भएको छ । यहि मंसिर ३० देखि पौष ६ गते सम्म सञ्चालन हुने शैक्षिक महोत्सबमा दंगाली चेली कोमलवली सहित चर्चित कलाकारहरुको प्रस्तुती रहने महोत्सब मुलआयोजक समितिले बताएको छ ।

पुस्तक प्रर्दशनीको साथै विबिध शैक्षिक गतिविधिहरु हुने महोत्सबमा दर्शकहरुको उपस्थितीलाई मध्यनजर गरेर सास्कृतिक कार्यक्रम समेत थप गरिएको हो । सास्कृतिक कार्यक्रमका लागि कोमलवली, बद्री पंगेनी, माण्डवी त्रिपाठी, रामजी खाँड, चन्द्र शर्मा, कमल गाउँले, कृष्ण रेउले, भुमिका गिरी आउने महोत्सब मुल आयोजक समिति अन्र्तगतको सास्कृतिक कार्यक्रम संयोजक गणेश ओलीले जानकारी दिए ।

त्यस्तै मेक्सम खाती, कोपिला गुरुङ, उमा देवी खनाल, ढाकाराम पौडेल, सिर्जु अधिकारी, रुविना अधिकारीलगायतका कलाकारहरुले शैक्षिक महोत्सब अवलोकनका लागि आएका दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले बताएको छ ।

महत्वपुर्ण पुस्तकहरुको प्रर्दशनीको साथै समसामयीक शैक्षिक विषय बस्तुमा छलफल र विबिध साहित्यीक कार्यक्रमहरु हुने महोत्सबमा मनोरञ्जनका लागि पनि कलाकारहरुको प्रस्तुतीहरु समाबेश गरिएको आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिए । राष्ट्रिय कलाकारहरुको साथै स्थानियकलाकारहरुलाई पनि धेरै भन्दा धेरै समेट्ने उनको भनाई थियो । साथै महोत्सबकै कार्यक्रम अन्र्तगत सञ्चालन हुने विद्यालय स्तरीय विभिन्न सास्कृतिक कार्यक्रमहरुले पनि दर्शकहरुलाई मनोरञ्जन दिने संयोजक वरालले वताए ।

नेपाल पुस्तकतथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजनामा हुने महोत्सबमा प्रबेश शुल्क ३० रुपैया तोकिएको छ । विद्यार्थीलाई परिचयपत्रको आधारमा २० रुपैयामा प्रबेश दिईने आर्थिक संकलन समितिका संयोजक सन्तोष आचार्यले बताए ।
रक्तदान कार्यक्रम हुने
महोत्सबमुलआयोजक समितिले २५ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक दायित्व ठान्दै सातौ राष्ट्रिय पुस्तकप्रर्दशनी तथा शैक्षिकमहोत्सब २०७३ मुल आयोजक समितिले यहि मंसिर २५ गते शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान जीवनदान भन्ने मुलनाराका साथ हुन् थालेको कार्यक्रममा धेरै भन्दा धेरै ब्यक्तिहरुबाट रक्तदानहुने कार्यक्रम संयोजक तथा प्रचार प्रसार समितिका संयोजक सुन्दर गौतमले जानकारी दिए । मानिसको शरिरबाट खेर गैरहने रगतले कसैको जीवन जोगिन सक्ने भएकाले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्न कार्यक्रम संयोजक गौतमले आग्रह समेत गरेका छन् ।