hiv-aids-dating

घोराही २३ मंसिर । एचआइभी एड्स , मानव वेचविखन तथा सामाजिक भेदभाव विरुद्ध युवा शशक्तिकरण सम्वन्धी दुईदिने कार्यशाला गोष्ठी विहिवार घोराहीमा भएको छ ।

रेडक्रस जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षता एंव स्थानिय विकास अधिकारी कुल वहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिसीले एचआइभि पिडितलाई सामाजिक रुपमा धेरै परिवर्तन देखिए पनि व्यावहारमा अझै परिवर्तन नआईसकेको वताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले सामाजिक शशत्तिःmकरणको पहिलो आधारशिला भनेको नै शिक्षा रहेकाले समुदायलाई शिक्षा र चेतनाको विकास गर्न जरुरी रहेको वताएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अम्मरराज शर्मा , महिला तथा वालवालिका कार्यालय दाङका श्रीधर ज्ञवाली , कृर्षि विकास कार्यालयका तिलक केसी , जनस्वास्थ्य कार्यालयका जर्नाधन गौतम , दाङ प्लसका प्रकाश नेपाली लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । रेडक्रस उप निर्देशक वाल कृष्ण सेढाईको विषय प्रवेश वाट शुरु भएको कार्यक्रमको सहजीकरण चन्द्रकला खड्काले गरेकी थिईन । कार्यक्रममा करिव दुई दर्जन महिला तथा किशोर किशोरी समुहले सामुहिक रुपमा गरेका गतिविधि वारे प्रकाश पारेका थिए ।