बिमल योगी /सौडियार २३ मंसिर । दाङको सौडियारलाई बालमैत्री तथा लैंगिक हिँसा नियन्त्रीत
गा.वि.स.घोषणा कार्यक्रम सफल बनाउन बिभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । गा.वि.स.सञ्चालन समितिका अध्यक्ष तथा गा.वि.स. सचिव टेकबहादुर खड्काको अध्यक्षतामा वसेको सर्वदलिय बैठकले घोषणा सभालाई भव्य र व्यवस्थित बनाउन सचिव खड्काको अध्यक्षतामा ३१ सदस्सीय मुल समिति गठन गरेको छ
।
समितिको सदस्यहरुमा सवै राजनितिक दलका प्रतिनिधि,वडा नागरिक मञ्चका संयोजक,बिभिन्न सञ्जालका अध्यक्षहरु,बिषयगत कार्यालयका प्रमुखहरु रहेका छन । बैठकले स्वास्थ्य चौकी सौडियारका प्रमुख गोपिलाल ओली संयोजक,कर्णबहादुर बुढाथोकी,थुरेन्द्रबहादुर ओली,खिमबहादुर चौधरी,निमानन्द गैरे सदस्य रहेको मुल्याकंन तथा अनुगमन उपसमिति गठन गरेको छ ।
यस्तै श्रीधर अधिकारी संयोजक र हरिकुमार घिमिरे,लौटन चौधरी,पुष्पा डागी,अमर चौधरी सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति,बिमल योगी संयोजक र रोशनी घर्ती मगर,मिरा राना सदस्य रहेको प्रचार प्रसार तथा कार्यक्रम सञ्चालन उपसमिति,लौटन चौधरी संयोजक र निषा पुन,सरोज क¥याङ कङ्ग्रहवा,कमला थापा,मानबहादुर केसी सदस्य रहेको झाँकी तथा ¥याली व्यवस्थापन उपसमिति,पुष्पा डागी संयोजक र सवै बालक्लवका सदस्य रहेको स्वंयसेवक परिचालन समिति गठन गरेको छ ।
बैठकले सौडियार र धर्नालाई मध्य तथा सुदुरपश्चिमकै दोश्रो बालमैत्री गा.वि.स.बनाउनका लागी आवश्यक सवै कागजी प्रक्रिया पुरा गरी घोषणा कार्यक्रमलाई भव्य बनाउने तयारी दुवै गा.वि.स.ले गरेका छन । यसैविच गा.वि.स.का सवै नागरिकहरुले बालमैत्री तथा लैंगिक हिँसाका बिषयमा जानकारी
पाउन भनेर ९ वटै वडामा घरदैलो समेत गरिएको छ ।
महिला सञ्जाल सौडियारको आयोजना तथा सौडियार गा.वि.स.को सहयोगमा सौडियारका झण्डै तीन हजार घरधुरीमा पुगेर बालमैत्री तथा लैंगिक हिँसाका बिषयमा जानकारी दिने काम सम्पन्न गरिएको सौडियार गा.वि.स.का बालमैत्री फोकलपर्सन बिमल योगीले जानकारी दिए । २७ वटा घरदैलो टोली र ९ वटा अनुगमन टोली गठन गरी परिचालन गरिएको अभियानमा बालमैत्री स्थानिय साशनको बुझाई,शौचालयको प्रयोग तथा पूर्ण सरसफाईको अवस्था,लैंगिक हिँसाको किसिम लगायतका बिषयमा तथ्यांक समेत संकलन गरेको छ ।
घरदैलो अभियान टोलीमा महिला सञ्जालका प्रतिनिधि,वडा नागरिक मञ्चका संयोजक,युवा सञ्जाल,महिला सञ्जाल,अपांग समन्वय समिति,निगरानी समुह,गा.वि.स. तथा बिषयगत कार्यालयका
प्रतिनिधि,राजनितिक दल,बाल क्लव लगायतको सहभागिता रहेको थियो ।
