संजय कुशवाहा

नवलपरासी २३ मंसिर । तराई मधेश लोकतान्त्रिक पर्टीका प्रशिक्षण कार्यक्रम नवलपरासीको बेलाटारीमा सम्पन्न । तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्तालाई प्रशिक्षणको क्रममा त.म.लो. पा.का केन्द्रिय सदस्य डा. सुरेन्द्र कुमार झा ले जबसम्म मधेश दुई प्रदेशको माग पुरा हुदैन तब सम्म देशमा कुनै किसिमको निर्वाचन हुन सक्दैन साथै उहाँले मधेशीहरुको उचित माग पुरा नभए देश ठुलो दुर्घटनामा जान सक्ने१ र अन्दोलनलाई निरन्तरता दिने उहाँले बताउनु भयो।नवलपरासी त.मो.लो.पा. क्षेत्र न.६ को आयोजनामा आयोजित प्रशिक्षण कार्यक्रममा त. मो. ल. पा. का केन्द्रिय सदस्य डा।सुरेन्द्र कुमार झा को प्रमुख अथित्यता तथा त।मो।ल।पा।क्षेत्र नं६ का सभापति रामपृत यादव को अध्यक्षता रहेको थियो।
15424616_373410949672767_693211985_nकार्यक्रममा त।मो।लो।पा का केन्द्रिय सदस्य सुभान अली अन्सारी, छबिलाल हरिजन, करम हुसैन अन्सारी, युवराज मौर्या,रामेश्वर कोईरी, अभिनन्दन सिहं लगायत हरुको उपस्थिती रहेको थियो।