गोविन्द खड्का
घोराही, २३ मंसिर । घरको पछाडि छ जना बच्चाहरु खेलिरहेका थिए । गोलघेरामा बसेका उनीहरु सलाईको खोस्टाको तास बनाएका थिए । तिन तिर खुला थियो सबैले देख्न भेट्न सक्थे घोराही ६ रानी जरुवाका तिनलाई कसैले रोकेन । सलाईका खोस्टा जुवाको खालमा परिणत हुनेकुरामा उनीहरु आफै अचेत छन् ।

100_5058विद्यालय चलिरहेको हुन्छ । त्यसको आसपासमा विद्यार्थीको उमेर समुहका बच्चाहरु ओहर दोहर गरिरहछन् । आधारभुत विद्यालय गिठेपानीका शिक्षक अभिवावक संघका संयोजक दिनेश वलीका अनुसार पिपल खालीको चोक तथा चौतारोमा जम्मा हुन्छन् । उनीहरुलाई भगाउनु भन्दा सहि बोटोमा डो¥याउनु पर्ने हो । तर कसले जिम्मा लिने ? बाबु आमा दिउसै रक्सी खाएर टिलपरेका हुन्छन् । युवाहरुको जस्तै अधबैसे र बुढाहरुको टिम पनि मात्तीएर हिडेको हुन्छ ।

गत सोमवार राति दिदि बहिनी टोलमा एक महिलाले पतिलाई धारीलो हतियारले काटिन् । तिनका पति बिहानै उठेर छिमेकमा घाउ देखाउदै हिडे । उजुर वाजुर भने कतै गरेनन् । किन भने दुवैजनाले बराबर रक्सी प्युछन् । कुटा कुट चलिरहन्छ । अधिक समय बुढिले सहन्थिन यस पाली जितिन् । उनिहरुलाई घरमा संस्कार सिकाउने फुर्सद छैन । प्युनमा व्यस्त उनिहरु त्यस्ताकुरा आफैले जान्दैनन् । जड्याहा भनेर खसाल्छन् तिनको कुरा कसैले पत्याउदैनन् ।

घरकै संस्कार उचित नहुदा हुलदंगा गर्ने वितण्डा मच्चाउनेहरु बढेको स्थानियको बुझाई रहेको छ । केहि दिन अघि गिठेपानीका मित्र घर्तिको घरमा अज्ञात समुहले ढुंगा हान्यो । राती करीव दश बजेतिर एउटा समुह बाटोमा तोडफोड गर्दै पिपलखाली तर्फ झ¥यो । भोलिपल्ट घर्ति आफैले खोजिनितिमा लागे । दिनभरीका तिनले बदमासी गर्नेहरु भेटाए । जसका वाउआमाले व्यवास्था गरेका थिए । तिनलाई आफ्नो छोरा छोरी कता गएको छ भन्ने मतलव छैन । बिगार्नेले भन्दा बिगारेको सहनेले एक दिनको व्यवसाय छोड्नु¥यो । उल्टो दण्ड पाएको महशुस भयो । ‘सम्झाएर सपार्ने कुरा ठुलो हो’ पिडित घर्तिले भन्नुभयो, ‘पुलिसमा थुनाएर भोलि फर्किन्छन् गति त्यहि हो ।’ त्यहि सम्झाउने कोसीस घरका बाउ आमाले गर्दैनन् ।

यसो त पहिलो सचेतिकरण बाउ आमालाई बनाउनु पर्ने जरुरी ठानिएको छ । अभिवावक बटुलेर व्यापक छलफल गर्ने योजना रहेको भुपु सैनिक खानेपानी उपभोक्ता समितिका गिठेपानीका अध्यक्ष पृथिमान घर्तिले बताउनुभयो । छोरा छोरी छाडा छोड्ने र आफु व्यवारीसे हुने अभिवावकले सताएका छन् । अघिल्लो पुस्ता कुलत बाट सुध्रि सक्दा पच्छिल्लो छाउलीले त्यो लाईन समाति सक्छ । त्यसैले सुधार भएपनि गुण्डा गर्दि गर्ने लोफरहरु व्यक्ति सकिन्छन् प्रबृत्ति ज्युदै रहन्छ ।

विद्यालय बाहिरका वालवालिकालाई विद्यालय सम्म लैजान स्थानिय विद्यालयले निकै मेहनत गरेको हुन्छ । आधारभुत विद्यालय गिठेपानीका प्रअ लोकराज सुवेदिका अनुसार हरेक बैशाख महिनामा भर्ना अभियान चल्छ । शिक्षक शिक्षिकाहरुको हुल बाधेर गाउमा पठाईन्छ । उनिहरुले आफ्नो क्षेत्रमा घर नविराई घरदैलो गर्छन् । त्यस बेला भर्ना भएका बच्चाहरु समेत विस्तारै हराउदै जान्छन् । विद्यालय भित्र पनि अनुपस्थित हुनेका घरमा सुचना गर्ने व्यवस्था छ ।

कतिका घरका मान्छेनै भेटिदैनन् । आफ्नो बच्चा कस्तो छ भनेर बुझ्न स्कुल पुग्ने त कुरै छोडौ“ । केहि बच्चाहरु विद्यालय बाट फर्किएर झोला फाल्यो झाङमा गा“जातान्न हिड्यो गर्छन् । केहि अभिवावकले चाडै कमाउने उपाए सानातिना कुटिरा पारेर गा“जा बेच्ने बनाएका छन् । तिनिहरुले विस, पचास रुपैयाका पोका बनाएर बेच्छन जो बच्चाको पहुचमा हुन्छ ।

त्यस संगै कालोपत्रे सडक बस्तिको विच सम्म पुगीसकेको छ । विकास निर्माणमा एक जुटहुने सामाजिक भावना छ । दैलोमा पुगेको कालोपत्रे सडक उपभोग गर्ने क्षमताको विकास भने निकै धिमा छ । पढाई लेखाईको उमेरमा गा“जाको धुवा“ उडाउदै स्वाङ पारेर हिड्ने जमात खडा हुन्छ । ‘पहिलाको भन्दा धेरै सुध्रिएको छ’ स्थानिय दिनेश अधिकारीले भन्नुभयो, ‘पच्छिल्लो छाउली तयार भैजान्छ ।’ यसो त व्यरोजगार फन्टुस जन्माउने एउटा कारण बैदेशिक रोजगार पनि भएको छ । पुरुषहरु बाहिरीन्छन् घरमा आमालाई नपत्याएर बच्चा लफंगो हुन्छ । उमेर ढल्कि सकेपछि होस खुल्छ । त्यति बेला अबसरहरु जति गुमिसकेका हुन्छन् ।

आमा बाउ नै पहिलो दोषि रहेको वडा नागरीक मञ्चका संयोजक धर्म हमालले बताउनुभयो । समाज विग्रीएको प्रति निराश हमालले भन्नुभयो, ‘घर सप्रिएकाको बच्चा खराब छैन’– उहाले थप्नुभयो, ‘बच्चाले गल्ती गरेपछिको दण्ड सजाय त्यसका अभिवावकलाई दिने कानुन हुनुपर्छ ।’ त्यसो त प्रहरीले पटक पटक छोप्दै र छोड्दै गरेर केहि युवाहरु परिपक्क फटाह बनाएको छ । तिनको उम्लिएको रगतले प्रहरीको यातना केहि पचायो त धेरै दण्ड सजाएको अर्थ बुझ्नै दिएन । लामो कपाल काट्दिने, हिरा सतमा थुन्ने र ग्याङका नाईकेले पैसा पेलेर छुटाउने गोल चक्करमै टुंगीएको छ । खराब बच्चाको हर्कत फेरिएको छैन । बच्चाले गल्ती गरेमा त्यसका अभिवावकलाई कानुनि कार्वाहि गर्ने व्यवस्था नहुदा सम्म उस्तै रहन्छ ।