संजय कुशवाहा
नवलपरासी, २२ मंसिर । नवलपरासीको कुडिया ५ हरखपुरामा सातौंंं राष्ट्रिय पश्चिमाञ्चल स्तरिय कबड्डी प्रतियोगिता कुडियामा आजबाट सुरू भएको छ।

15135635_1277981122265224_1696704706_nजिल्ला खेलकुद समिति नवलपरासीको आयोजनामा भएको प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रबाट गुल्मी, कपिलवस्तु, तनहु, रूपन्देही, कास्की र नवलपरासी जिल्लाको सहभागीता छ।

प्रतियोगिता छनोट उदघाटनकार्यक्रम जिल्ला खेलकुद समितिका नवलपरासीका अध्यक्ष कुमार आलेको अध्यक्षता तथा कबडडी संघका केन्द्रीय अध्यक्ष तुलसी थापा गौतमको प्रमुख अतिथ्थता भएको थियो । पश्चिमाञ्चल स्तरीय कबडडी प्रतियोगिता ३ दिनसम्म चल्नेछ ।