इन्द्रेणी संवाददाता
नरायणपुर, २० मंसिर । लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियानअन्तर्गत आज नारायणपुरमा र्याली तथा कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसा अन्त्य आफैबाट सुरु गर्नुपर्ने बताएका थिए । उनीहरुले हिंसा सहेर बस्न नहुने भन्दै कानुनी उपाय अपनाउन आवश्यक भएको पनि बताए ।

15267950_1201563006601689_5599347723374547521_nसर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मञ्जु न्यौपानेको अध्यक्षता एवं त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिहं थापा मगरको प्रमुख आतिथ्य र नगरपालिकाका कार्यक्रम अधिकृत विपना वर्तौलाको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नोखीराम केसी, राप्रपाका लिलाबहादुर खत्री, ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख मोहनलाल अधिकारी, युवा सञ्जाल त्रिपुरका अध्यक्ष शिव श्रेष्ठ, पत्रकार बामदेव देवकोटा, सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका शिवपूर्णा आचार्य, मेलमीलाप केन्द्रका अध्यक्ष चित्रबहादुर वली, महिला अधिकार मञ्चका कृष्णा रावत लगायतले आ अ ाफ्नो विचार व्यक्त गरेका थिए ।