इन्द्रेणी संवाददाता
नारायणपुर, २० मंसीर । महिला स्वस्थ्य स्वयमसेविका दिवस आज नारायणपुरमा पनि मनाइएको छ । महिला स्वास्थ्य स्वयमसेविकाको निस्वार्थ सेवा, स्वस्थ समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नाराका साथ दिवश मनाईएको हो ।

15327460_1201563256601664_5791961768352864344_n

तस्विर :आरके शितल

जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा भएको ¥यालीमा स्वास्थ्य चौकी नारायणपुर, हापुर र ढिकपुरका कर्मचारी, त्रिपुर नगरपालिकामा रहेका स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्य सम्वन्धी विभिन्न नारा लेखीएका प्लेकार्डहरु बोकेको महिला स्वंयमसेविकाहरुको ¥यालीले बजार परिक्रमा गरेको थियो ।