जाजरकोट, २० मंसिर । सात किलो चरेस किनबेच गर्दा गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

rss_images_1480920481822_hkc_jajarkot_130113_img_0066-1-624x350जाजरकोटको सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको हो ।

तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ ।