इन्द्रेणी संवाददाता
दाङ, २० मंसिर । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान संसोधनको औचित्य नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष बैद्यले अहिलेको समय संविधान कार्यान्वयनको भएको उल्लेख गर्दै संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावको औचित्य नभएको बताए ।
‘संविधान संसोधनप्रति अहिले सबै दल र पक्ष असुन्तष्टि छन्’, उनले भने, ‘सबैको चित्त दुखाएर ल्याएको संविधान संसोधन प्रस्तावको औचित्य छैन ।’ अध्यक्ष बैद्यले संविधानमा सबैको अधिकार समेत नसमेटिएको टिप्पनी गरेका छन् । मधेसी जनताको अधिकार नसमेटिएका कारण अहिले संविधान कार्यान्वयनमा चुनौती वढेको उनको दावी थियो ।
संविधान कार्यान्वयनका लागि सबै दलहरुको चित्त वुझाएर जानुपर्ने तर त्यो नभएर अहिले सरकार भित्रकै दलहरुमा विभाजन भएको बैद्यले बताए । कार्यक्रम संघका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको थियो ।
