काठमाडौं, १९ मंसिर । गएको मंगलवार राति सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई भारतले महत्वपूर्ण कदम भएको बताएको छ ।
दर्ता भएको विधेयकमाथि सडकदेखि संदनसम्म विरोध भइरहेको वेला भारतले संसोधनलाई महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको हो । संशोधनमार्फत अहिले भइरहेका प्रयासहरु निष्कर्षमा पुग्ने र प्रस्तावमा सवै पक्ष सहभागी हुने भारतले विश्वास ब्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले दिल्लीमा भएको नियमित पत्रकार भेटघाटका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । छिमेकीको नाताले नेपालको शान्ति, स्थायित्व र आर्थिक विकासलाई गति दिनको लागि भारत सदैव तत्पर रहेको पनि उनले बताएका छन् । नेपालको शान्ति, स्थायित्व तथा प्रगती नेपाल र भारत दुवैको हितमा रहेको उनले ताए ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)