road-accident-300x263-2

बिजौरी १९मंसिर ।   दाङको विजौरी निवासी एक जना महिलाको कारको ठक्करवाट मृत्यु भएको छ ।

आइतवार विहान सवा ११ वजेतिर तुलसीपुरवाट घोराही तर्फ जाँदै गरेको कारको ठक्करवाट विजौरी ४ हेमन्तपुर निवासी ७३ बर्षीया सितला वलीको मृत्यु भएको ईलाका पैहरी कार्यालय तुलसीपुरका प्रवक्ता खुमानन्द पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार गम्भिर घाईते वलीको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।

तुलसीपुरवाट घोराही जाँदै गरेको एउटा कारले ठक्कर दिएको भनिएपनि हालसम्म ठक्कर दिने कारको पहिचान गर्न नसकिएको र खोजि कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । तर प्रहरीलाई उक्त कार वा १५ च ८५०४ नम्वरको भएको भन्ने सूचना प्राप्त भएको र त्यसको खोजि तिव्र पारिएको प्रवक्ता पाण्डेले बताए ।

त्यस्तै तुलसीपुर घोराही सडक खण्डको कपासी बगीया भन्ने स्थानमा आइतवार दिउँसो साढे २ बजेतिर रा १ क १४३ नम्वरको ट्रिप्परले ठक्कर दिँदा अर्की एक जना बृद्धा गम्भिर घाईते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार उक्त ट्रिप्परको ठक्करवाट घोराही १० निवासी ८० बर्षीया समि रोका गम्भिर घाईते भएकी छन् ।

घाईते रोकालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिप्परका चालक फरार रहेपनि ट्रिप्पर भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।