कुशुम वि.क.

बर्दिया २० मङ्सिर ।  बदेलको मासु सहित ३ जनालाइ जिल्ला वन कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । बर्दियाको वासगढि नगरपालिका वार्ड न १० बाट बदेलको मासु काटेर भाग लगाइरहेको अवस्थामा जिल्ला बन कार्यालय बाट खटि गएको टोलीले २० किलो मासु सहित वासगढि नगरपालिका वार्ड न १० गौरीफाटाका पतिराम थारु,कालिराम थारु र कन्हैया थारु लाइ मासु भाग लगाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिक्रृत द्रोण राज शर्माले बताउनु भयो ।

14311210_313242815697251_3538539058480957917_o

स्थानिय निलकन्ठ सामुदायिक बनमा बदेलको मासु भाग लगाइरहेको अवस्थामा नियन्त्रण लिएका ति व्यक्तिहरुवाट जाल , भाला र खुकरी पनि बरामद गरीएको उहाले बताउनु भयो । पक्राउ परेका लाइ जिल्ला वन कार्यालयमा राखिएको र थप अनुसन्धान भैरहेको बताइएको छ ।