दाङ, १९ मंसीर । दंगाली कलाकारहरुले हास्य टेलिश्रृखला ‘काउकुती’ निर्माण सुरु गरेका छन् । एओन मुभी मेकर्सको ब्यानरमा टेलिश्रृखलाको निर्माण सुरु गरिएको हो । सामाजिक कथावस्तु्मा आधारित टेलिश्रृखलामा सामाजिक विकृति विसंगतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिने निर्देशनक अमृतमान वलीले जानकारी दिनुभयो ।
सिरियलको दाङका विभिन्न स्थानमा छांयाकन गरिने उहाँको भनाई छ । सिरियलको आजदेखी लक्ष्मीपुर गाविसको सुनपुरबाट छायांकन सुरु गरिएको छ । सिरियलमा सुशान्त मल्ल, चेतना न्यौपाने, कृष्णराज भण्डारी, अनन्तराज पौडेल, अनिता महतरा लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ ।
सिरियलको दाङबाट सञ्चालन भएर लोकप्रीय बनेको एओन टेलिभिजबाट हरेक सोमवार बेलुकी ७ः३० बजे र हरेक मंगलवार दिउसो २ बजे पुनःप्रसारण हुने छ । एओन मुभी मेकर्सले ३ वटा टेलिभिजन र करिब ५ दर्जन म्यूजिक भिडियो निर्माण गरिसकेको छ ।
