तुलसीपुर १९ मंसिर । दाङमा पहिलो पटक अटोरिक्सा दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । अटोरिक्सा भित्रिएपछि दाङको तुलसीपुरमा शनिबार अटोरिक्सा दुर्घटना हुँदा चार जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १८ का झाईला चौधरी, (बच्चु), सोही ठाउँ निबासी ३८ बर्षीय ललित बिक र गणेश बिक, तुलसीपुर ६ का २८ बर्षीय मनोज चौधरी घाईते भएका हुन् ।
तुलसीपुरको एरपोर्ट घुम्तीमा शनिबार बेलुका पौने सात बजेतिर रा १ ह ३८६ नम्वरको अटो र बा २ प ६२३० नम्वरको मोटर साईकल बिपरित दिसा बाट आउँदै गर्दा ठोकिएका थिए । ठक्करवाट गम्भिर घाईते भएका अटो चालक झाईला चौधरि लाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ भने अरु सामन्य घाईतेको उपचार राप्ती अञ्चल अस्पतालमा भईरहेको छ ।
मोटरसाईकल सितलपुरवाट बजार तर्फ आउँदैगर्दा अटोलाई ठक्कर दिएको प्रहरीले जनकारी दिएको हो ।
