tulsipur-udhyog-banijya-sanghतुलसीपुर १९ मंसिर ।  केही ब्यक्तिहरुले बुटवल बस्त्रालयका प्रोप्राईटर राजकुमार श्रेष्ठको घर घेराउ गर्नुका साथै हुल हुज्जत गरेको प्रति तुलसीपुर उद्योग बाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष बिमल रिजाल र महासचिब नेत्रलाल वलीले एक प्रेस बिज्ञप्ति निकालि उक्त घटनालाई छानबिन गरी पिडितलाई न्याय दिलाउन स्थानिय प्रशासनलाई अनुरोध पनि गरेका छन् ।

व्यवसायीहरुले आ–आफ्नो कारोवार निर्धक्कसंग गर्न पाउने वातावरण मिलाई शान्ति सरक्षाको पुर्ण प्रत्याभुति प्रदान गर्न स्थानिय प्रशासनसंग माग गरिएको छ । साथै बुटवल बस्त्रालयका प्रोप्राईटर राजुकुमार श्रेष्ठको रकम लुटपाट भएको प्रति तुलसीपुर उद्योग बाणिज्य संघले ध्यानाकर्षण जनाएको छ । संघका पुर्ब सल्लाहकार तथा आजिवन सदस्य समेत रहेका श्रेष्ठको एक महिना अघि रकम लुटपाट भएको र अहिले सम्म दोषी पत्ता नलागेको भन्दै संघले आपत्ति जनाएको हो ।

उक्त रकम हाल सम्म पनि प्राप्त हुन नसकेकाले कडा अनुसन्धान गर्न बिज्ञप्ती मार्फत प्रहरीलाई आग्रह गरिएको छ