काठमाडौं, १८ मंसिर । मधेसी मोर्चाका नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भए त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्ने बताएका छन्।

mahanta-thakur-584167260f9072-83643356ठाकुरले भने,‘सरकारले प्रस्ताव पारित हुने आधारहरु दिनुपर्छ, सीमांकनमा ५ जिल्लाबारे राज्य पुर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन अनुसार समस्या समाधान हुनुपर्छ। यदि त्यसो भयो भने हामी प्रस्ताव पारित गराउन समर्थन गर्छौं, होइन भने यथास्थितिमा यो प्रस्ताव स्वीकार गर्न हामीलाई गाह्रो परेको छ ।’

नले अहिले आएको प्रदेशको सीमांकनसम्बन्धी संशोधनले आफूहरुको माग सम्बोधन नगरेको भन्दै त्यसलाई आफूहरुले भनेबमोजिम परिमार्जन गर्नुपर्ने जिकिर गरे। अन्तरिम संविधानमा किटेरै मधेसीहरुको चाहना अनुरुप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेसमा स्वायत्त प्रदेश बन्नेछ र त्यो प्रदेश अधिकार सम्पन्न हुनेछ भनेर लेखिएको उल्लेख गर्दै ठाकुरले भने,‘तर अहिले आएको सीमांकन संरचनासम्बन्धी संशोधन प्रस्तावले यसको सम्बोधन गरेको छैन, बरु यहाँ त सत्ताधारी र सत्ताका दाबेदारहरुले आफ्नो वर्चस्व र प्रभुत्व कायम गर्दै सीमा रेखा कोरेको छ, यो बदल्न आवश्यक छ।’

संविधान संशोधनसम्बन्धी मोर्चासँग सहमति गरेर पटक–पटक प्रस्ताव ल्याउँछु भनेको तर त्यो अनुसार नआएपछि आफूहरुले मिति नै तोकेर १५ दिनको अल्टिमेटम दिएर चाँडोभन्दा चाँडो प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेको उल्लेख गर्दै नेता ठाकुरले भने,‘त्यतिवेला चार वटा विषयमा संशोधन आउँछ भन्ने कुरा मात्रै भनिएको थियो, अपर हाउससम्बन्धी संशोधन आउँछ, भाषासम्बन्धी संशोधन आउँछ, सीमांकनसम्बन्धी संशोधन आउँछ, यी कुराहरुमा संशोधन आउँछ भनिएको थियो, कन्टेन्टमा के–के संशोधन आउँछ भनेर भनिएको थिएन, तर यसको बारेमा पछि हल्ला गरियो।’ अन्नपूर्णमा खवर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वयम आफूहरुको सहमति लिनको लागि गठबन्धनको बैठक बोलाइएको हो भनेर आफूहरुसँग भनेको स्मरण गर्दै ठाकुरले भने,‘उहाँले संशोधनका कन्टेन्टको विषयमा अहिले सहमति सम्भव छैन, आएपछि संशोधनको अवस्था रहन्छ, तपाईहरुले आफ्नो कुरा भन्ने अवस्था रहन्छ भनेर यतिसम्म उहाँले भन्नुभएको थियो, तर कन्टेन्टको बारेमा उहाँले केही भन्नुभएको थिएन।’