काठमाडौं, १७ मंसिर । हिजो साँझ बुटबलमा भएको आन्दोलनका क्रममा विप्लव माओबादीको पार्टी कार्यलयमा आक्रमणको प्रयास गरिएको छ ।
आन्दोलनकारीले विप्लवको बुटवल स्थित पार्टी कार्यालयमा ढुङगा हानेपछि कार्यालयमा सामान्य क्षेति भएको बताइएको छ ।
आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नहरुलाई कारवार्ही नगरी पुर्न त्यस्तो खालको प्रयास गरेमा विप्लव माओवादी जवाफि प्रतिकार गर्ने जनाएको छ ।
आफ्नो पार्टी कार्यालयमा करिब २०० जनाको संख्यामा आएका अराजक समूहले ढुङगामुढा प्रहार गरेको र तथानाम बोलेको भन्दै विप्लव माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी सरद ओलीले एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भिर ध्यानर्कषण भएको जनाएका छन ।
