तुलसीपुर १६ मंसिर । धनौरीका राजनीतिक दलका प्रमुखहरुले शान्तिनगर गाउपालिकाको केन्द्र खैरेनी तोक्न माग गरेका छन् । बैठकले धनौरी, बाघमारे र शान्तिनगर गाविसलाई गाउँपालिका बनाई त्यसको केन्द्र धनौरीको खैरेनीमा तोक्नु पर्ने माग गरेका हुन् ।
नेपाली काँग्रेस धनौरी ईकाइ सभापति रत्नवहादुर भण्डारीको अध्यक्षतामा भएको सर्वदलिय वैठकले तीन गाबिस मिलाएर बनाईएको शान्तिनगर गाउँपालिकाको केन्द्र धनौरीको खैरेनी तोक्ने निर्णय गरी केन्द्रमा समेत पठाईसकेको अवस्थामा हाल पुर्व निर्णयलाई उल्टाई शान्तिनगरको जुम्लेकुला केन्द्र वनाएको सञ्चारमाध्यममा आएकोले आफनो ध्यानाकर्षण भएको राजनीतिक दलका प्रतिनिधिहरुले जनाएका छन् ।
नेपाली काँग्रेसका रत्नवहादुर भण्डारी , नेकपा एमालेका डिल्ली वहादुर पाण्डे, नेकपा माओवादी केन्द्रका तोरनसिंह ठारामगर , राष्ट्रिय प्रजातन्त्र पार्टीका टोपवहादुर वली, राष्ट्रिय जनमोर्चाका प्रेमकुमारी विक, नयाँ शक्ति नेपालकाका मित्रलाल परियारलगाएतले वुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी धनौरी, बाघमारे र शान्तिनगर गाविसलाई गाभेर गराईएको गाउँपालिकाको केन्द्र धनौरीको खैरेनी सवैका लागि सहज हुने बताईएका छ ।
