काठमाडौं, १५ मंसिर । संघीय गठबन्धनले आफ्नो माग अनुसार संविधान संशोधन विधेयक संसदमा दर्ता नभएको भन्दै आपत्ति जनाएको छ । गठबन्धनले विज्ञप्ती निकालेर आफ्नो असहमतिका बाबजुद सरकारले संशोधन प्रस्ताव दर्ता गरेर ठूलो गल्ती गरेको जनाएको हो ।

20042016080742sanghiya_gathabandhan-1000x0दर्ता गराइएको विधेयकमा मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन नगरेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्ता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको गठबन्धनले जनाएको छ ।

मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन नगरिएकोमा गठबन्धनले आपत्ति जनाएको छ । यस्तै जातीय र सामुदायिक जनसंख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मानन्यताको चर्चासम्म पनि नभएको विज्ञप्तिमा उल्लेख छ ।