एजेन्सी, १५ मंसिर । कोलम्बियामा ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु रहेको जहाज मंगलबार बिहान दुर्घटना भएको छ । कोलम्बियाको बोलिभियाबाट उडेको चाटर्ड जहाज मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापोकोएन्सेका सदस्यसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो ।

16111117asdfk0-dsafj70asdfटिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा मेडेल्लिनको टिम एथ्लेटिको नासिओनालसँग खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ । पहाडी क्षेत्रमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ११ बजे जहाज दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । दुर्घटनामा केही मानिस बाँचेको हुन सक्ने अनुमान गरिएको छ ।