दाङ, ७ जेठ
पटकपटक तावन्दी हुँदै आएको नेपाल संस्कृत विश्वविद्यालयमा फेरीपनि तालावन्दी भएको छ । नेकपा एमाले निकट ने पाल प्रगतिशील प्राध्यापक संघले विभिन्न ७ वटा माग र ाख्दै तालाबन्दी गर े को हो । संघले एकपक्षीय हिसाबले गठन भएको कार्यकार ी परि षद् तत्काल विघटन गर ी आफ्नो संगठनको प्रतिनिधित्व हुने गर ी नयाँ कार्यकार ी परि षद् गठन गर्न आग्रह गर े को छ ।
संघका अध्यक्ष प्रा.डा. यादवप्रसाद लामिछाने र महासचिव खगर ाज शर्माद्वार ा जार ी विज्ञप्तिमा पे न्सन र कम बै ंकमार्फत भुक्तानीको व्यवस् था मिलाउन र प्राध्यापक तथा कर्मचार ीहरुको पदन्नो तिलाई नियमित बनाउन माग गरि एको छ ।
यसैबीच नेपाल संस्कृत विश्वविद्यालय भएको तालावन्दीप्रति नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समिति र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल एकाई समिति जनता विद्यापीठ विजौरी दाङले ध्यानाकर्षण भएको जनाएका छन ।
उनीहरुले विज्ञप्ती जारी गर्दै मुलगेटमा गरिएको तालावन्दी र विश्वविद्यालयका एकजना कर्मचारी माथि हातपात भएको भन्दै आपत्ति जनाएका छन । कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष खिमवहादुर केसी, महासचिव भेषबहादुर निरौला र प्रजातन्त्रवादी प्राध्यापक संघका निलप्रशाद सापकोटा र सचिव नारायणप्रशाद निरौलाद्धारा जारी विज्ञप्तिमा तत्काल तालाखोली सहज वातावरण वनाउन आग्रह गरिएको छ । साथै, केही असझदारी भए वार्ता र सम्वाद मार्फत निकास निकाल्न आग्रह गरिएको छ ।।
