सोलुखुम्बु, १३ मंसिर । आज विहान गएको भूकम्पका कारण आमा डब्लम हिमालको आधार शिबिरमा ढुंगाले लागेर एक जनाको ज्यान गएको छ ।
सोलुखुम्बु र रामेछापको सिमाना किन्जा आसपास केन्द्र बनाएर गएको भूकम्पले आमा डब्लम हिमालको आधार शिबिरमा माथिबाट खसेको ढुंगाले लागेर सोलुखुम्बुकै खुम्जुङ ८ काबर्ष ४५ काल्हाक्पाफुनुरु शेर्पाको ज्यान गएको हो ।
उनको शब हेलीकोप्टरमा लुक्ला ल्याइपोष्ट मार्टमका लागि काठमाडौँ लगिएको जिल्लाप्रहरी कार्यलयले जनाएको छ । उनी हिमाल आरोहणका लागि आरोहीहरु लिएर हिमालयन गार्ड कम्पनी काठमाडौँबाट त्यहा पुगेका थिए । भूकम्पका कारण लुक्लाका २ घरहरु भत्कीएका छन् ।











