काठमाडौं, १३ मंसिर । फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाएर विभिन्न व्यक्तिबाट रकम उठाएका दोलखाको मागापौवा-२ का दावा योञ्जन पक्राउ परेका छन् ।

imagesतिलकबहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत बाट तीन लाख ३४ हजार रुपैयाँ लिएर फरार भएका दावालाई अपराध महाशाखा टेकूले आइतबार पक्रेको हो ।

दावाले विभिन्न पत्रपत्रिकामा आएका विज्ञापन सम्पादन गरि आफ्नो मोवाइल नम्बर सहित फेसबुकमा राखेर आकर्षक रोजगारीमा पठाउने भन्दै पासपोर्ट र पैसा लिएका थिए । फेसबुकमा सुचना पढेर दावाको सम्पर्कमा पुगेका उनीहरुले दुवईमा सेक्युरीटी गार्डमा फ्रि भिसा, फ्रि टिकेटमा जान भन्दै ५५ हजार रुपैयाँका दरले बुझाएका थिए ।

दावा कुनैपनि म्यानपावर कम्पनीसँग आवद्ध नरहेको खुलासा भएको प्रहरीले जनाएको छ । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको पनि प्रहरीले जनाएको छ ।