निरला अर्याल गैरे / तुलसीपुर, १२ मंसिर । यहाँका अव्यस्थित तथा सुकुम्बासी महिलाहरुले आफुहरु पनि नेपालका नागरीक भएको बताएका छन् । उनीहरुले राज्यवाट पाउनुपर्ने आधारमुक्त सुविधाहरु आम नागरिकले पाएजस्तै सुकुम्वासी महिलाहरुले पाउनुपर्ने जोड दिएका हुन ।
दाङ, वाँके, कपीलबस्तु नवपरासी, वर्दिया, रुपन्देही लगायतका क्षेत्रबाट आएका महिलाहरुले सरकारले सुकुम्वासीहरुलाई लालपुर्जा नदिदा सरकारकारलाई नै घाटा हुने बताए ।कार्याक्रममा नेपाल महिला एकता समाजका क्षेत्रीय अध्यक्ष यमुना परियारको अध्यक्षता तथा जिल्ला विकाश समितिका सुचना अधिकृत कृष्ण केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केसीले सुकुम्वासीहरुको हकअधिकारको लागि एकता आवश्यक भएको बताए ।
उनले अव्यवस्थीत वसोवास र सुकुम्वासी समस्याको लागि केन्द्रवाटनै योजना ल्याउनु पर्ने बताए । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नेपाल महिला एकता समाजकी केन्द्रीय अध्यक्ष विमला तामाङले आफुहरुपनि यही देशका नागरीकहरु भएकाले राज्यले दोस्रो दर्जाको नागरीक सम्झेको बताइन् । उनले अवको संविधानका सुकम्वासीहरुका समस्याहल हुने कानुन निर्माण गर्नुपर्ने बताइन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघका उपाध्यक्ष लक्ष्मी आचार्यले सुकुम्वासीहरुको समस्याको समाधानका लागि राज्य गम्भीर हुनुपर्ने भन्दै कानुुनिरुपमा अगाडि बढनुपर्ने बताइन् । उनले संविधानमा सुकुम्वासीहरुको अघिकार सुनिश्चित गर्नुपर्ने बताइन् । कार्यक्रममा तुलसीपुर नगरपालिकाका सुचना प्रमुख झरेन्द्र खरेलले सुकुम्वासीहरुको अव्यवस्थीत वसोवासलाई न्यूनिकरण गर्न व्यवस्थीत सोचाईमा वृद्धि हुनुपर्ने बताए । उनले तुलसीपुरमा जोखीम पूर्ण सुकम्वासी वस्तीमा तटवन्ध गरीर्ने तयारी भएको बताए ।
उनले सवैलाई विद्युत सेवा पनि दिएको बताए । कार्यक्रममा समाज सेवि गोपिनाथ योगीले सुकम्वासी महिलाहरु राज्यका प्रमुख पदमा नपुगेकाले पनि समस्या समाधान नभएको बताएका थिए । त्यसैगरी कार्यक्रमकि अध्यक्ष यमुना परियारले सुकम्वसीहरुको हक हितका लागि आफुहरु लागेको भन्दै राज्यले आफुहरुलाई हेर्नेुपर्ने बताइन् । उनले तुलसीपुर नगरपालिका कार्यालयले तुलसीपुर क्षेत्रका सुकुम्वासी महिलाहरुलाई विभीन्न समयमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरीन ।
कार्याक्रममा नेकपा एमालेका जिल्ला सदस्य विनोद शर्मा, माओवादी केन्द्रका अन्जान चौधरी,रामबहादुर दहिद, राष्ट्रिय जनमोर्चाका सचिव गणेश आचार्य, राप्रपा प्रतान्त्रीक नेपाल भातृ सगठन उत्पीडित दाङका सचिव मेघराज सोनी, थारुहटका अध्यक्ष शरण थारु, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव मिनराज भण्डारी, समाज सेवी गोपीनाथ योगी, दलित सरोकार मञ्चका अध्यक्ष दिलिप कार्की परियार, मानव अधिकार संजाल दाङका अध्यक्ष केशव शर्मालगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण महिला मानवअधिकार रक्षक सञ्जाल दाङका सहसचिव अनिता पोख्रेलले गरेका थिए । सो अवसरमा तुलसीपुर नगरपालिकाका सुचना प्रमुख झरेन्द्र खरेललाई उनले पु¥याएको योगदानको कदर गदै सम्मान गरीएको थियो ।
