womb-prolapse-phase-2जाजरकोट १३ मंसिर /वालकुमार शर्मा ।  जाजरकोट लहँ ६ की ५० बर्षिया हिरा बुढाको पाठेघर खसेको १९ बर्षपछि उपचार भएको छ । आर्थिक अभावले उपचार गर्न नसकेकी हिराको घर नजिकै शिविर गएपछि उपचार भएको हो । चार सन्तानकी आमा हिराले १५ बर्षको उमेरमै विवाह गर्नु भएको थियो ।

कान्छो छोरा जन्मिएको बेला आफू ३० वर्षको हुँदा नै आङ (पाठेघर) खसेको उहाँले बताउनुभयो । उहालाई योनीबाट सेतो पानी बग्ने , हिड्न गाह्रो हुने, ढाड दुख्ने समस्याले सताईरहेको छ ।

लामो समय पिडा सहेरै विताएकी उहाको रिङ प्रेसरीले काम नगर्ने भएकोले अप्रेशनका लागि सुर्खेत बोलाईएको मेडिकल अधिकृत डा.जानुका गैरैले वताउनु भयो ।