saichhik-mahotsobदाङ १३ मंसिर ।  दाङको घोराहीमाहुने सातौ राष्ट्रिय पुस्तकप्रर्दशनीतथा शैक्षिकमहोत्सब २०७३ को पहिलो दिनभब्यशोभायात्रानिकालिने भएको छ । यहिमंसिर ३० गते देखि पौष ६ गते सम्म सञ्चालनहुने महोत्सबको पहिलो दिनविभिन्नझाँकिजुलुस सहितको शोभायात्रानिकालिने आयोजक समितिले बताएको छ ।

नेपाल पुस्तकतथा स्टेशनरी व्यवसायीमहासंघ जिल्लाशाखादाङको आयोजना घोराहीको जिविस रोड स्थित कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फ रहेको खालीजग्गामाहुने महोत्सबको पहिलो दिनजिल्लाकै उत्कृष्ट झाँकी, जुलुसहरु सहभागिगराईने भएको हो ।

त्यसको लागि समन्वय र छलफल भैरहेको महोत्सबआयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो । महोत्सबको पहिलो दिननिकालिने शोभायात्रामा सहभागि गराउनको लागिघोराहीनगरपालिकाअन्र्तगतकाविभिन्न टोल विकास सस्था, विभिन्नधार्मिक, तथा सामाजिक संघसंस्था र निकायहरु, सामुदायीकबन समुह, आमा समुहहरुलाई पत्राचार गर्ने कार्य भैरहेको शोभायात्राव्यवस्थापनतथाभोजन आवाज समितिका संयोजक लालमणी लम्सालले जानकारी दिनुभयो ।

साथै शोभायात्रामादाङकै चर्चित मयुर नाँच, थारु समुदायको बड्कानाच, विभिन्नपञ्चे बाजालगाएतविभिन्न स्थानको झाँकी, जुलुस सहित सम्पुर्ण विद्यालयकाविद्यार्थीहरु समेत आआफ्नो ड्रेस र व्यानर सहित सहभागिहुने संयोजकलम्सालले जानकारी दिनुभयो । शोभायात्रामाविभिन्न समुदायकाकलश ¥यालीपनिनिकाल्ने गरी समन्वयभएको छ ।

थारु, मगर, नेवार लगाएतकाविभिन्न समुदायहरु संग पृथक पृथककलश सहितको सहभागिता गराउनको लागि छलफल भैरहेको उहाले जानकारी दिनु भएको छ । शोभायात्रामा घोराहीकाकरिब ६० भन्दा बढि टोल विकास सस्थाहरु, विभिन्न सामाजिक संघसस्थाहरुलाई पत्राचार गरीएको छ ।

साथै महोत्सबलाई भब्य रुपमा सफलपार्नको लागिविभिन्न शैक्षिकनिकायहरुसंग भेटघाट, छलफल र समन्वयको काम भैरहेको महोत्सबमुलआयोजक समितिका संयोजक बरालले जानकारी दिनुभयो । आईतबार नारायणपुर स्रोत केन्द्रका ३० भन्दा बढि विद्यालयहरुको विचमा छलफल भएको छ । यस्तै नेपालशिक्षकमहासंघका पदाधिकारीहरु संग भेटघाट गरीएको बरालले बताउनुभयो । भेटघाटनमा सहभागिविभिन्नविद्यालयकाशिक्षकतथाप्रतिनिधिहरुले आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएका छन ।