anugaman

दिपक बोहरा /तुलसीपुर १३ मंसिर ।  ‘हामी वालविवहा न्युनिकरण गर्न नियममित अभियानमा छौ, हामीले हाम्रो बिद्यालयमा भएका दुईवटा बालविवहा रोक्न सफल भएका छौं । बिद्यालय वरपर खेलिने जुवा तास नियणत्रण गर्न पनि सफल भएका छौं । यी भनाई हुन्, दाङको पश्चिम धनौरीमा रहेको माबि तुलसीपुरमा गठित बालक्लबको । उक्त बिद्यालयमा गठित बालक्लबले यस्ता थुपै उदाहरणीय काम गर्दै आएको जनाएको छ ।

समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) संस्था तुलसीपुरले पश्चिम दाङका तीन गाबिसमा गरिब तथा सिमान्तकृत समुदायका बालबालिकाको गुणात्मक शिक्षा पहुँच अभिबृद्धि कार्यक्रम सञ्चालन गरेपछि त्यहाँका बालक्लब पनि आफ्ना अधिकार प्रति सजक हुन थालेका छन् । माबि तुलसीपुरमा गठित बालक्लबका अध्यक्ष मिना योगीले उक्त बिद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै गरेको विवहा रोक्न सफल भएको बताईन् ।

विवहा गरेर छुटाएका मध्य एक जना अहिले नियमित बिद्यालय आईरहेको र अर्को एक जनालाई बिद्यालय ल्याउने प्रयास भईरहेको बालक्लबका सचिब राजु केसीले बताए । उनले भने ‘ हामीले बालबिवहा गरेकी दुई छात्रालाई घरमै गएर उद्धार ग¥यौं, उनीहरु मध्य एक जना अहिले नियमित बिद्यालय आई रहनुभएको भने एक जनालाई बिद्यालय ल्याउने प्रयास थालेका छौं । ’

उक्त कार्यक्रमा बिद्यालयका शिक्षकहरुले पनि सहयोग गरेको क्लबका अध्यक्ष योगीले बताईन् । साथै क्लबले बिद्यालयमा बिद्यार्थीहरुमा हुने सबै समस्याहरु आफैले समाधान गर्न थालेको छ । बिद्यालयमा छात्राहरुलाई बढि समस्या हुने गरेकाले छात्राहरुको सहज वातावरणका लागि आफुहरु निरन्तर संघर्ष गर्दै आएको अध्यक्ष योगीको भनाई छ । उनले भनिन् ‘ अहिले हामीले बिद्यालयमा छात्राहरु महिनावारी हुँदा सेनटरी प्याडको ब्यबस्था गरिदिन तथा छात्राहरुका लागि छुट्टै चर्पिको ब्यबस्था मिलाईदिन माग गर्दै आएका छौं । यी हुन् धनौरीको एक बिद्यालयमा गठित बालक्लबले गरेका क्रियाकलापहरु ।

पश्चिम दाङकै अर्को बिद्यालय बाल कल्यान आधारभुत बिद्यालय बाघमारे ३ पेदामा गठित बाल क्लबका प्रतिनिधिहरुले पनि सानै उमेरमा बिवहा गर्ने हो भने शारिरीक , मानसिक देखी पारीवारिक समस्या निम्तिन सक्ने भन्दै बिद्यालयमा नियमित सचेतनाका कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष दिपक खडकाले बताए । त्यस्तै अम्बिकेश्वरी आधारभुत बिद्यालयले बिभिन्न सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । बिद्यालयमा बालबालिकाको क्षमता बिकासका लागि प्रत्येक शुक्रबार अतिरिक्त क्रयाकलाप गर्दै आएको बाल क्लबका अध्यक्ष अस्मिता खड्काले बताईन् ।

सिड संस्थाले कार्यक्रम संचालन गरेका मध्य यी तीन बिद्यालयमा आईतबार अनुगमण गरेको छ । प्रारम्भिक चरणको अनुगमणका क्रममा पहिले भन्दा बालबालिकाहरुमा केही परिबर्तन आएको कार्यक्रम अधिकृत गद्दुलाल चौधरीले बताए । सिडले कार्यक्रम सञ्चालन गरेसंगै घरपरिवारबाट हुने लैगिक हिंसा पनि बिस्तारै घट्दै गईरहेको कार्यक्रम संयोजक हरि प्रकाश खनालले बताए ।

उनले भने‘ केही समय पहिले छोरी बिद्यालय जानु हुँदैन्, भन्ने मान्यता थियो तर अहिले अभिभावक सचेत भईसकेको पाईयो । ’ यसलाई निरन्तरता दिने हो भने बिद्यार्थी , शिक्षक तथा अभिभावकहरुमा सचेतना फैलदै जाने र बिद्यालयको शैक्षिक गुणस्तरपनि बढ्दै जाने उक्त कार्यक्रमका अध्यक्ष भागिराम चौधरीले बताए ।

अनुगमणमा सिडका प्रतिनिधि, जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति बिष्णु केसी, जिल्ला बिकास समितिकी सौर्य उर्जा तथा बाताबरण शाखा प्रमुख बिमला अधिकारी, महिला तथा बालबालिका कार्यालय साहयक महिला बिकास निरिक्षक ईश्वरा रावत, युवा परिषद दाङका अध्यक्ष शुरेश रावत, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक खुमानन्द पाण्डेलगायत पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

बिद्यालय अनुगमणका क्रममा बिद्यालयमा दरबन्दी अनुसारका शिक्षक नभएको , जिल्ला शिक्षा कार्यालयले भौतिक पुर्बाधार निर्माणमा पश्चिमबासीलाई उपेक्षा गरेको तथा जिल्ला बिकास समितिले पनि कुनै चासो नदिएको गुनासो गरेका थिए ।

सिडसंस्थाले पश्चिम दाङको शिक्षामा गुणस्तर बृद्धि गर्न, बाल विवहा लगायत बिद्यार्थीहरुका हरेक समस्या समाधान गर्न बालक्लबलाई सक्रिय बनाउने, बिद्यार्थी तथा शिक्षकहरुबिचको सहकार्यलाई अगाडि बढाउन उक्त कार्यक्रम संचालन गरेको छ । अहिले धनौरीका ८ , बाघमारेका १२ र गोलटाकुरीका ४ गाबिसमा सिड संस्थालय उक्त कार्यक्रम संचालन गरेको कार्यक्रम अधिकृत चौधरीले बताए ।

साथै सिड संस्थाले तीन गाबिसमा भौतिक पुर्बाधार निर्माणका लागि ३५/३५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै कार्यक्रम संचालन भएका बिद्यालयमा खेलकुदका सामाग्री,क्लबलाई आबश्यक पर्ने सामाग्रीलगायत सहयोग गरको अधिकृत चौधरीले बताएका छन् ।