sonapur-cementतुलसीपुर १३ मंसिर । विजौरीको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगकाले कच्चा पदार्थ ढुवानीका लागी निर्माण गरेको दाङ रोल्पा जोड्ने वाटो मर्मतगर्ने क्रममा विजौरी ९ पैया टाकुराका स्थानीयले प्रयागे गर्दै आएको गोरेटो वाटोलाई विगार्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

रोल्पा जोड्ने वाटो मर्मत गर्ने क्रममा छिल्लीकोटको पयांटाकुरा टोलकाले प्रयोग गर्दै आएको गोरेटोवाटो ढाडखोली भन्ने स्थानमा वाटोलाई तल झारी ट्रयाक नखोलीदिदा त्यहाका स्थानीयलाई आवत जावतमा समस्या भएको स्थानीय लीला वहादुर विकले जानकारी दिनु भएको छ ।

स्थानीयले वाटो निर्माणमा खटीएका ठेकेदारहरुलाई पटक पटक जानकारी गराउदा पनि मर्मत गर्नतिर ध्यान नदीएको स्थानीयले वताएका छन । पैयाँटाकुरा टोलवासीको मागलाई वेवास्ता गर्दै संवन्धिध निकायले वाटोको ट्रयाक नखोलीयदिए वाटो मर्मत कार्य रोक्न लागीपर्ने स्थानीयले वताएका छन ।