Exif_JPEG_420

कालिकोट, १२ मंसिर । केही दिन अगाडी राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुले कालिकोट सिपखानाकी सुशीला योगीको समाचारलाई प्रकाशन गरे । अनि त्योसँगै उनको चर्चा सामन्य चिया पसलदेखि विआइसीसी भवनसम्म चल्यो । सुशीलाको समाचारले त्यतिकै प्रभाव पनि जमायो ।

Exif_JPEG_420
तर त्यो चर्चा र प्रभावको औचित्य खासै भएन । किन भने सुशीलाको ज्यान गइसकयो । सरकारले कालिकोटलाई सन् १९९३ को खाद्य असुरक्षित देश सुडानसँग तुलना पनि गरिएको छ । तर त्यो तुलनाको पनि अर्थ रहेन । किन कि सुशीलामा यस्तो भयानक कुपोषण देखियो जसले गर्दा उनको ज्यान समेत लियो ।

कुपोषणको शिकार भएर भयानक देखिएकी र समयमै उपचार नपाएर ज्यान गुमाएकी सुशिला योगीको हृदय बिदारक घटनाले सरकारी तथा गैरसरकारी क्षेत्रका पोषण रणनीति र कार्यक्रम कार्यान्वयनको अवस्थावारे अझ बढी सम्वेदनशील बनाएको छ ।

को हुन् सुशीला र कस्तो अवस्थामा ज्यान गयो ?

सुशीला योगी २६ बर्षिय बुवा जगदिश योगी र २३ बर्षिय आमा पार्वता योगीकी दोश्रो सन्तान हुन् । १४ महिनाकी सुशीलाको तौल ४ किलो थियो भने, पाखुराको मुआप नाप १० सेन्टिमिटर भएको सिपखाना स्वास्थ्य चौकीका स्वास्थ्य कमी हंसराज न्यौपानेले जानकारी दिए । गत असारमा सुशीलालाई सबै खोप लगाई सकिएको सिपखाना स्वास्थ्य चौकीले जानकारी दिएको छ । स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार गत असार महिना सम्म सुशिलामा कुपोषण देखिएको थिएन ।

बाबा, आमाको सुशीला दोश्रो सन्तान हुन भने, पहिलो सन्तान लक्ष्मी योगी हुन् । लक्ष्मी योगी हाल उम्मेरले ३१ महिना कि भइन् । लक्ष्मीको पनि तौल ८ किलो छ भने, पाखुराको मुआप नाप ११ सेन्टिमिटर रहेको स्वास्थ्य चौकी सिपखानाले जनाएको छ । लक्ष्मी र सुशीला विचको जन्मान्तर १७ महिनाको रहेको छ । सुशीलाकी आमा पार्वता योगीको पेटमा ६ महिनाको अर्को बच्चा रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

६ महिनाको पेटमा बच्चा भएकी पार्वता योगीले एक पटक मात्र स्वास्थ्य चौकीमा गर्भ जाँच गराएकी छन् भने, गर्भवती आमाले स्वास्थ्य सेवा मापदण्ड अनुसार खानुपर्ने आईरन चक्की, जुकाको औषधी पनि नियमित खाने गरेकी छैनन् ।

सामान्य मान्छेको स्वास्थ्यमा बिविध खानावाट प्राप्त हुने दैनिक २१ सय उर्जा क्यालोरीको आवश्यकता पर्छ भने, सुत्केरी महिला तथा नवजात शिशुलाई बिभिन्न तत्ववाट प्राप्त हुने २१ सय भन्दा बढी दैनिक उर्जा क्यालोरी चाहिने स्वास्थ्यकर्मीहरुको भनाइे छ तर, सुशीलाको घरमा खाइने दैनिक खानाको मात्रा र पोषण अवस्था निकै चिन्ताजनक थियो । बाल्यकालीन पोषण सुधारका लागि सुनौला हजार दिनमा आमा पार्वता र शिशु सुशिलालाई अत्यावश्यक पर्ने दैनिक ४ प्रकारका खाना खान कहिले पनि पाएनन् । तीनका गर्भवती अवस्थाका दिनहरु कहिल्यै सुनौला वन्न सकेनन् ।

धेरैका मुख र गाउंमा टांसेका कागजमा हरेक वार खाना चार भन्ने देखेको र सुनेका भए पनि ८ माना धानको वीऊ र ४ माना गहँुको बीऊ लाग्ने जग्गा जमिनवाट उब्जनी भएको खाद्य बस्तुवाट दैनिक ४ प्रकारको खाना खान सुशिलाको आमा, छोरीलाई सम्भव पनि थिएन । कुपोषणको कारण सुशीलाको अवस्था गम्भीर बनिसकेको थियो ।

निकै कम्जोर अबस्थामा पुगेकी उनीको उपचार सिपखानामा सम्भव नभएपछि स्वास्थ्यकर्मीहरुल कार्तिक २३ गते नै ओटी सेन्टर सिउनमा रिफर गरे तर, आमा पार्वताले सुशीलालाई २३ गते नै सिउनमा पु¥याउन सकिनन । २४ गते ओटी सेन्टर सिउनमा पु¥याएकी सुशीलाको त्यहाँ सम्भव नभएपनि जिल्ला अस्पताल मान्मामा लैजान भनियो । तर उनको घर परिवारलाई त्यो पनि सम्भवः अफ्ठयारो थियो । जिल्ला अस्पताल मान्मासम्म पुग्ने बाटो खर्च पनि थिएन ।

सिपखाना स्वाथ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हंसराज न्यौपानेले सुशीलालाई जिल्ला अस्पतालसम्म पु¥याउन सल्लाह दिए अनि बाटो खर्च एक हजार पनि । यसरी जिल्ला अस्पताल मान्मामा उपचार गर्दा गर्दै सुशीलाको ज्यान गयो । यसले अझ कालिकाटमा कुपोषणको तरास फैलाएको छ ।

कालिकोट जिल्ला जनस्वास्थ्य कार्यालयको जिल्लामा पाँच वर्ष मूनिका बालबालिकाहरु १५ हजार ८ सय २५ जना रहेका छन् । ५९ महिना मुनीका बालबालिकाहरु १३ हजार ८ सय ८५ जना छन् । जसमध्ये सिघ्र कुपोषण भएका बालबालिकाहरुको संख्या ४ सय १२ जनाका छ भने ४ सय १२ जना बालबालिकाहरुको सिघ्र कुपोषण एकीकृत व्यबस्थापन कार्यक्रम अन्तरगत सञ्चालित ८ वटा बैरंग उपचार केन्द्रमा उपचार भइरहेको छ ।

त्यस्तै मध्यम कुपोषण भएका बालबालिकाहरुको संख्या ८ सय ७७ जना रहेको छ । यिनीहरु मध्य ६ महिनादेखि २४ महिना सम्मका बालबालिकाहरुलाई सर्बोतम पिठो दिएर उपचार प्रक्रियालाई अगाडी बढाईएको छ भने, २४ महिना भन्दा माथिका बालबालिकाहरुलाई घरमै पोषिलो खाना बनाएर खुवाउने परामर्श सेवा प्रदान गरिएको छ ।

कुपोषणाबाट मृत्य भएकी १४ महिने सुशीला योगी र जिल्ला जनस्वाथ्यको तथ्याङकलाई अध्ययन गर्ने हो भने कालिकोटलाई कुपोषण मुक्त बनाउने सरकारको लक्षलाई चुनौती दिएको छ । उता सुविधा सम्पन्न ठाउँ ९काठमाडौं० मा वसेका अरब पति नेताहरुले उपचारको नाममा सरकारी ढुकुटी प्रयोग गर्छन । तर, कालिकोटलगायत कर्णालीवासीहरु एउटा सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने वाध्यता छ । सुशीलाका परिवारजस्ताका पीडा र कर्णालीका जनताको पीडाप्रति यो देश चलाउनेहरु कहिले गम्भीर होलान रु यो कणाीलीका जनताको सधै प्रश्न छ ।